रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी

पोखरा । पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पोखराका सहकारी पीडितले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका छन् ।
रास्वपाको प्रदेशस्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्न मंगलबार दिउँसो १ बजे पोखरा आएका पार्टी सभापति एवं पूर्व गृहमन्त्री लामिछानेविरुद्ध पीडितले कालोझण्डा देखाएर नाराबासहित विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुको प्रदर्शनका कारण लामिछानेलाई कार्यक्रमस्थल पोखरा १७, बिरौटास्थित ग्यालेक्सी बैंक्युट पु¥याउन सुरक्षा निकायलाई समेत हम्मेहम्मे परेको थियो ।

संपर्क ईमेल: kalashkharel10@gmail.com
संपर्क ईमेल: newsbasanta@gmail.com

हाम्रो समाचार वेबसाइट नेपाली जनताको लागि सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवाज हो। हाम्रो लक्ष्य सटीक, विश्वसनीय र समयसापेक्ष समाचार प्रवाह गरी नागरिकलाई सूचित र सशक्त बनाउनु हो। हामी राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन, प्रविधि, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका महत्त्वपूर्ण र समसामयिक विषयवस्तुमा केन्द्रित समाचार सामग्रीहरू प्रस्तुत गर्दछौं।

सहकारी पीडित विभिन्न नाराअंकित प्ले कार्ड बोकेर ठूलो संख्यामा बिरौटामा भेला भएका थिए ।

सहकारी पीडितको संयक्त संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हामीहरुको पैसा खाएर यिनीहरु खुल्लमखुला हिंडिरहने रु सहकारी ठग्ने अब कसैलाई पनि छोड्दैनौं ।’

अहिले उक्त बैंक्युटमा भित्रबाट गेट लगाएर कार्यक्रम भइरहेको छ । पीडित पनि करिब १ घण्टादेखि नाराबाजी गरिरहेका छन् ।

पोखराको सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनीरूपमा पैसा लगेको र तत्कालीन समयमा टेलिभिजनको प्रबन्ध निर्देशक रवि लामिछानेविरुद्ध कारबाही हुनुपर्ने पीडित पक्षको माग छ । उक्त ठगी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ ।

 

Share
Scroll to Top