जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । संसदीय छानविन समितिले जोशीलाई पनि दोषी औल्याउँदै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

जोशी सहकारीको करोडौं रुपैयाँ लगेर दुरुपयोग गरेको गोर्खा मिडिया नेटवर्क प्रालिको पूर्व सञ्चालक हुन् । कास्की प्रहरीको पत्रका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

संपर्क ईमेल: kalashkharel10@gmail.com
संपर्क ईमेल: newsbasanta@gmail.com

हाम्रो समाचार वेबसाइट नेपाली जनताको लागि सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवाज हो। हाम्रो लक्ष्य सटीक, विश्वसनीय र समयसापेक्ष समाचार प्रवाह गरी नागरिकलाई सूचित र सशक्त बनाउनु हो। हामी राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन, प्रविधि, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका महत्त्वपूर्ण र समसामयिक विषयवस्तुमा केन्द्रित समाचार सामग्रीहरू प्रस्तुत गर्दछौं।

संसदीय छानविन समितिले गोर्खा मिडियाका सञ्चालकहरु जिबी राई रवि लामिछाने कुमार रम्तेल र छविलाल जोशीले सहकारीको रकम अपचलन गरेका छन् भन्दै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आदेश दिए लगत्तै जोशी पक्राउ परेका छन् ।

Share
Scroll to Top