मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी

पोखरा । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै सीआइबीमा उजुरी परेको छ ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारीका अध्यक्ष कुम्भराज गुरुङले संस्थाकी तत्कालीन सञ्चालक ज्योति गुरुङ र उनका पति धनराजले संस्थाको बचत रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गराएका हुन् ।

संपर्क ईमेल: kalashkharel10@gmail.com
संपर्क ईमेल: newsbasanta@gmail.com

हाम्रो समाचार वेबसाइट नेपाली जनताको लागि सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवाज हो। हाम्रो लक्ष्य सटीक, विश्वसनीय र समयसापेक्ष समाचार प्रवाह गरी नागरिकलाई सूचित र सशक्त बनाउनु हो। हामी राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन, प्रविधि, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका महत्त्वपूर्ण र समसामयिक विषयवस्तुमा केन्द्रित समाचार सामग्रीहरू प्रस्तुत गर्दछौं।

धनराज र ज्योति श्रीमान–श्रीमती हुन् । स्याङ्जा जिल्ला अर्जुन चौपारी लामिडाँडा घर भएका कांग्रेस नेता गुरुङ र पत्नी ज्योतिमाथि करिब १५ करोड रूपैयाँ आर्थिक ठगी गरेको आरोपमा अनुसन्धानको माग गरिएको छ ।

धनराज र ज्योतिले केहि समयअघि सम्बन्धविच्छेद गरेका छन् । ज्योति अहिले सम्पर्कमा नरहेको बताइएको छ ।

Share
Scroll to Top