उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने टिप्पणी गरेका हुन् ।

महामन्त्री थापाले गुरुङ आफैले संसदमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने बताए । सदमा नै उपसभापति गुरुङले सो बारेमा आफूमाथि छानबिन गर्न आग्रह गरेको भन्दै संसदीय समिति बनाएर छानबिन गर्न झनै सहज भएको बताए।

संपर्क ईमेल: kalashkharel10@gmail.com
संपर्क ईमेल: newsbasanta@gmail.com

हाम्रो समाचार वेबसाइट नेपाली जनताको लागि सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवाज हो। हाम्रो लक्ष्य सटीक, विश्वसनीय र समयसापेक्ष समाचार प्रवाह गरी नागरिकलाई सूचित र सशक्त बनाउनु हो। हामी राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन, प्रविधि, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका महत्त्वपूर्ण र समसामयिक विषयवस्तुमा केन्द्रित समाचार सामग्रीहरू प्रस्तुत गर्दछौं।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीका विधान, परम्परा, हाम्रा निर्णयहरूले त्यो कुरा स्पष्ट पारेको छ र त्यही स्पष्ट पारेको कुरालाई पटक पटक हामीले दोहोर्याएका छौँ भने कुनैपनि प्रकरणमा, विषयमा, काममा यदी कसैले कानून मिच्दछ, कानून उल्लंघन गर्छ, दण्डनीय काम गर्दछ भने दोषी छ भने दोषीले उन्मुक्ति पाउनु हुँदैन। चाहे त्यो शक्तिशाली, सत्तासिन, नाता पर्ने होस्, चाहे जोसुकै होस् ।’ उनले भने, ‘जहाँसम्म नेपाली कांग्रेसका उपसभापतिको नाम सहकारीका विषयमा जोडिएर आयो, उहाँ आफैंले यो प्रसंगमा आज संसदको बैठकबाट ममाथि प्रश्न उठेकाले अनुसन्धान होस् भन्नुभएको छ ।’

Share
Scroll to Top