दोहोरो नागरिकता लिन खोज्ने एकजना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने मध्यविन्दु नगरपालिका वडा नं. १० का ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संपर्क ईमेल: kalashkharel10@gmail.com
संपर्क ईमेल: newsbasanta@gmail.com

हाम्रो समाचार वेबसाइट नेपाली जनताको लागि सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवाज हो। हाम्रो लक्ष्य सटीक, विश्वसनीय र समयसापेक्ष समाचार प्रवाह गरी नागरिकलाई सूचित र सशक्त बनाउनु हो। हामी राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, मनोरञ्जन, प्रविधि, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका महत्त्वपूर्ण र समसामयिक विषयवस्तुमा केन्द्रित समाचार सामग्रीहरू प्रस्तुत गर्दछौं।

टोमटाले नयाँ नागरिकता बनाउनका लागि जन्ममिति लगायत सम्पूर्ण विवरण झुटो पेश गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका जिल्ला प्रहर कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । यसअघि भदौ १३ गते पनि दोहोरो नागरिकता लिन खोज्दा गौँडाकोट नगरपालिका वडा नं.५ का बलराम सापकोटाका छोरा २८ वर्षीय अर्जुन सापकोटा पक्राउ परेका थिए ।

टोमटालाई फौजदारी कार्यविधि सँहिता २०७४ को दफा १४९६० बमोजिम दोहोरो नागरिकता शीर्षकमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पौडेलले जानकारी दिए । कुनै नेपालीले झुटो विवरण पेशगरी नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

Share
Scroll to Top